राजनीति

खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई/मधेश द्रुत मार्ग निर्माण हुने

इकागज |
जेठ २१, २०८० आइतबार १७:८ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई/मधेश द्रुत मार्ग निर्माण हुने बताएका छन् ।

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नम्बर २१ को आयोजनामा नव प्रवेशी देवगणहरूको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले द्रुत मार्गको आवश्यकता रहेको भन्दै खोकना, बुङ्मती लगायतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरी फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताएका हुन् ।


उनले द्रुत मार्गका विषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षा मन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले मुलुकको संस्कृति जगेर्नाका लागि देवगण लगायत स्थानीयहरूले खेलेको भूमिकाको प्रशंसा गरे । ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा नव प्रवेशी देवगणहरूको स्वागत तथा सम्मान गरिएको हो ।

 


Author

थप समाचार
x