राजनीति

अब विद्युत् निर्यातको समस्या समाधान हुन्छ : मन्त्री महत

इकागज |
जेठ २१, २०८० आइतबार १७:३७ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत् निर्यातको समस्या समाधान हुने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत् निर्यातको समस्या समाधान हुने बताएका हुन् ।

उनले विद्युत् निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिका रूपमा लिनुपर्ने जिकिर गरे । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले विद्युत् निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए ।


मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमूलक रहेको भएको बताए ।


Author

थप समाचार
x