ओली र देउवा संसदमा उपस्थित नभएकोप्रति प्रधानमन्त्रीको कटाक्ष, भने– नमीठो महसुस भएको छ
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली संसदमा उपस्थित नभएकोप्रति कटाक्ष गरेका छन् । संसदमा आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले ओली र देउवाको अनुपस्थितिले आफूलाई नमीठो महसुस भएको बताए ।
नेपालको संसदीय अभ्यासमा प्रधानमन्त्रीले संसदमा जवाफ दिने दिनमा सत्तापक्ष र गठबन्धनका शीर्ष नेता उपस्थित हुनुपर्ने परम्परा रहेको बताउँदै उनले भने, ‘हाम्रो संसदीय परम्परामा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका पनि सबै नेता उपस्थिति हुने प्रचलन थियो । तर, आज प्रतिपक्षी दलका प्रमुख नेता पनि हुनुहुन्न, सत्ता गठबन्धनका नेता पनि हुनुहुन्न । अलिकति नमीठो महसुस भएको छ ।’
रोचक के भयो भने प्रधानमन्त्री बोल्दा बोल्दै ओली संसदमा उपस्थित भए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया