Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

कसैको फाइदा-बेफाइदाका लागि करका दर परिवर्तन गरिएको छैन : अर्थमन्त्री महत

इकागज |
जेठ २२, २०८० सोमबार २०:५४ बजे

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताएका छन् । सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उनले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने उल्लेख गरे । उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी काम नगरेको स्पष्ट पारे ।


महतले इमानदार भएर काम गर्दा हिलो छाप्ने काम भएको बताए । उनले कसैले नियोजित रूपमा समाचारहरू लेखिरहेको भन्दै इमानदारको काम नभएको जिकिर गरे । उनले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काम मात्रै गरेको बताए ।

अर्थमन्त्री महतले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमानदार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाए । राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने  नेपालमा इमानदार मान्छेहरूको काम छैन भनेर घोषणा गरिदिए हुने बताए । उनले एकाध मानिसहरूको फाइदाका लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताए ।

उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजश्व सचिव,आन्तरिक राजश्व विभाग प्रमुख,भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको बताए ।
 


Author

थप समाचार
x