निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी भइरहेकाे छ : पर्यटनमन्त्री
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले आयोजना गरेको पर्यटन वेबसाइट शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री किरातीले अर्बौँ खर्च गरेरे विमानस्थल निर्माण गरे पनि विभिन्न कारणले नियमित सञ्चालनमा आउन नसकेको भन्दै आवश्यक तयारी गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका हुन् ।
उनले वायुसेवा निगमले तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने तयारी गरिरहेको र जनतालाई सेवा दिने गरी सबै स्थानमा सञ्चालन गर्ने उल्लेख गरे । आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि निगमलाई सुधार गरेको र चार अर्ब ऋण तिरेको भन्दै उनले लकडाउनदेखिको ऋण तिर्न बाँकी भए पनि नयाँ जहाज खरिद गरिने जिकिर गरे ।
पर्यटनमन्त्रीले निगमसँग धेरै जहाज नभएका कारण नेपालीहरू महँगाे तिरेर अन्य विमान चढ्न बाध्य भएकाले अब भैरहवा-क्वालाम्पुर, क्वालाम्पुर-भैरहवा ११ हजारमा नै उडाउने बताए । मन्त्री किरातीले देशमा सुधारको काम गर्न खोज्दा आफूलाई चारैतिरबाट घेराबन्दीमा पार्ने र बदनाम गर्ने काम भएको गुनासो गरे ।
यसअघि मन्त्रीबाट हुने नीतिगत भ्रष्टाचारका कारण निगम धराशायी भएको भन्दै आफू निडर भएर सुधारको बाटोमा अघि बढ्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया