राजनीति

सांसद कार्कीको अर्थमन्त्रीलाई कटाक्ष– जसलाई सुनाउनु थियो, उहाँ नै गायब हुनुहुन्छ

इकागज |
जेठ २८, २०८० आइतबार १३:२२ बजे

कामठाडौं– प्रतिनिधिसभा सदस्य रोशन कार्कीले अर्थमन्त्री प्रकाशशरण्म महतलाई संसदबाट गायब भएको भन्दै कटाक्ष गरेकी छन् । संसदमा जारी बजेटमाथिको छलफलमा सहभागी हुँदै कार्कीले महतलाई ‘जसलाई सुनाउनु थियो, उहाँ नै गायब हुनुहुन्छ’ भन्दै कटाक्ष गरिन् । 

उनले भनिन्, ‘सभामुख महोदय, जसलाई सुनाउनु थियो, उहाँ नै गायब हुनुहुन्छ । अर्थमन्त्रीज्यू हुनुहुन्न के गरौँ । पर्खियौँ ?’


उनको प्रश्नमा सभामुख देवराज घिमिरेले भने, ‘उहाँ आइहाल्नुहुन्छ तपाईंले सम्बोधन गर्दा गर्दै ।’

सभामुखले यसो भनेपछि उनले आफ्नो टिप्पणी राखिन् । 

बजेटमाथि छलफल चलिरहेका बेला अर्थमन्त्री संसदमा अनिवार्य रुपमा उपस्थित हुनुपर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ । 

सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि गत जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । गत सोमबारदेखि संसदमा बजेटमाथि छलफल चलिरहेको छ ।


Author

थप समाचार
x