राजनीति

संसद् बैठक सोमबारसम्मका लागि स्थगित

इकागज |
जेठ २८, २०८० आइतबार १६:१९ बजे

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि सोमबार अपराह्न १ बजे बस्ने कार्यसूचीसहित आजको बैठक सकिएको हो । 

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफल पनि सकिएको छ । 


भोलिको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटउपर उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

सरकारले गत १५ गते दुवै संघीय सदनको संयुक्त बैठकमार्फत प्रस्तुत गरेको बजेटमाथि गत सोमबारदेखि छलफल चलेको थियो । 
 


Author

थप समाचार
x