स्वास्थ्य बिमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ : मन्त्री बस्नेत
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधारको आवश्यकता देखिएको बताए । उनले स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको जिकिर गरे ।
मन्त्री बस्नेतले निजी अस्पतालहरूले स्वास्थ्य बिमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत उल्लेख गरे । उनले निजी क्षेत्रहरूले पनि स्वास्थ्य मापदण्डहरू पूरा नगरेको भन्दै सधैंका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया