राजनीति

एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरी खतिवडा

इकागज |
जेठ २८, २०८० आइतबार १८:६ बजे

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।​

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए ।


सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरूले संसदमा फेरि पनि कुरा उठाउने बताए ।

सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुनुपर्ने बताए ।


Author

थप समाचार
x