राजनीति

चुनाव अगाडि अर्काे पार्टीकाे पक्षमा मत माग्ने कुरा राजनीतिक रूपमा घातक : गगन थापा

इकागज |
जेठ २९, २०८० सोमबार २०:४३ बजे

मकवानपुर- चुनावकाे अगाडि अर्काे पार्टीकाे पक्षमा मत माग्ने कुरा राजनीतिक रूपमा घातक हुनसक्ने विश्लेषण पार्टीले गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

'प्रकारान्तरमा त्यसले पार्टीप्रतिकाे विश्वास डगमगाउने र घात हुनसक्ने अवस्था बन्दाे रहेछ,' उनले भने, 'अब यसो नगर्ने निधोमा नेपाली कांग्रेस पुगेको छ ।'


आगामी भदाैमा कांग्रेसले नीति अधिवेशन गर्न लागेको र नीति अधिवेशनबाट यस्तो सवालमा  संकल्प गर्नुपर्ने उनले बताए । 'अब कांग्रेसकाे जीनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीकाे चुनावमा जस्ताेसुकै अफ्ठ्यारो परे पनि, नेपालकाे तमाम पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन,' उनले भने ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ र २ ‘ख’ काे साेमबार हेटाैंडा-१९ बस्तीपुरमा भएकाे भेलालाई सम्बाेधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

आगामी निर्वाचनमा कांग्रसले कुनै पनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने स्पष्ट पारेका हुन् । नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झाैता नगर्ने उनले बताए ।

तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झाैता नगर्ने उनले स्पष्ट पारे । बरु सरकार छाेड्नु परे छाेड्ने तर, कांग्रेसका लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएकाे भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाकाे जाेड थियाे ।

चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेकाे भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।

‘हाम्राे इमेज कस्ताे बन्याे कि सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जाेड्न पनि पुग्छ, त्याे सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्काेसँग घाँटी जाेड्न पनि पुग्छ । सत्ताका लागि जस्ताेसुकै सम्झाैता गर्छ भन्ने छवि बन्न पुग्याे, गल्ती जहाँबाट भएकाे छ, त्यहीबाट सच्याउनुपर्छ,’ थापाले भने ।

आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेकाे र  आत्मविश्वास र आशा गुमाइरहेकाे भन्दै कांग्रेसले जनताकाे निराशालाई चिर्ने थापाले प्रतिबद्धता जनाए । ‘हामी निराश हुनुहुँदैन, कांग्रेस आफू जित्न आएकाे पार्टी हाेइन, कांग्रेस देशलाई जिताउन आएकाे पार्टी हाे,’ थापाले भने ।

नेपाली कांग्रेस प्रगतिशील समाजकाे कल्पना गरी कार्यान्वयन गराउने पार्टी भएकाे भन्दै थापाले जनभावनालाई निरन्तर सुन्ने प्रतिबद्धता जनाए । ‘कांग्रेस उत्तेजित शक्ति पनि हाेइन, कांग्रेस यथास्थितिवादी पनि हाेइन । कांग्रेस त प्रगतिशिल शक्ति हाे, कांग्रेस प्रश्न हाेइन, उत्तर हाे,’ थापाले थपे ।

चुनावकाे बेला उम्मेदवार छान्ने कुरा सबैभन्दा जटिल बनेकाे भन्दै थापाले वडाकाे टिकट चुनावकाे ६ महिनाअघि त्यसै वडा तथा पालिका वा क्षेत्रका कार्यकर्ताले सर्वसम्मत वा निर्वाचनमार्फत छान्ने गरी नीति बनाउनुपर्ने धारणा राखे ।

कांग्रेस सक्किएर हाेइन सच्चिएर र परिवर्तन भएर अघि बढ्नुपर्ने भन्दै उनले भने, 'कमजाेर कांग्रेसकाे महामन्त्री हुनुभन्दा बलियाे कांग्रेसकाे साधारण सदस्य मञ्जुर छ तर, कांग्रेस सच्चिएर जान जरुरी छ ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताकाे हितमा लाग्नुकाे विकल्प नभएकाे बताए । नागरिकमा छाएकाे निराशा चिर्न काम गरेर देखाउनुपर्ने उनकाे भनाइ थियाे ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्याैपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्याैपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामाेदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवमल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २(ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमाेद जाेशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर २ का सभापति लाेक मुक्तानकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे।


Author

थप समाचार
x