राजनीति

मन्त्री भुसालकाे आग्रह : अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला

इकागज |
जेठ २९, २०८० सोमबार २१:३३ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरूले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

सोमबार २० औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरूका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् । उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने जिकिर गरे ।


मन्त्री भुसालले किसानहरूलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे । उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरूलाई निर्देशन समेत दिए । 

‘मलको वितरणमा बेथिति सहकारीहरूमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मका लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यसले त्यहाँसम्म पुगेको पत्ता लगाउने । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ,' उनले भने, 'बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरूले यसको प्रयोग गरिरहेका छन् ।'

उनले अगाडि भने, 'मलको दुरुपयोग भएको छ किसानहरू तपाईँहरू पनि सचेत भएर यसको खोजी गर्नुहोस् भनिदिनु पर्ने भयो । र हाम्रा विभिन्न निकायहरूले पनि यो काम गर्नुपर्ने भयो ।’

उनले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए ।


Author

थप समाचार
x