राजनीति

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

इकागज |
जेठ ३१, २०८० बुधबार ६:३५ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।

मुटुमा समस्या देखा परेपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।


हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।


Author

थप समाचार
x