राजनीति

सांसद ढकालको प्रश्न– रामपुर क्याम्पसको ताला सरकारले खोल्छ कि आफैँले खोल्नुपर्ने हो ?

इकागज |
जेठ ३२, २०८० बिहीबार १२:४९ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले रामपुर क्याम्पसमा लागेको तालाबारे संसदमा प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चितवनस्थित रामपुर क्याम्पसमा लागेको ताला आफ्नो पार्टीका अध्यक्षले खोल्न जानुपर्ने हो भन्दै प्रश्न गरेका छन् । 

उनले रामपुर क्याम्पसमा विगत ६ महिनादेखि ताला लागेकोप्रति ध्यानाकर्षण गराए । विश्वविद्यालयमा अराजकता बढाउन सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको बताउँदै उनले भने, ‘विश्वविद्यालयहरूको यो हालत बनाउन सत्तारुढ दलका कार्यकर्ताको हात छ ।’ 


प्रतिनिधिसभामा आज बिहीबारदेखि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटउपर मन्त्रालयगत छलफल सुरु भएको छ । 


Author

थप समाचार
x