कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर : अर्थमन्त्री
काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगायत कृषकहरूसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन । उनले करका कारण स्वदेशी उत्पादनमा नभई आयातित वस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे ।
अर्थमन्त्री महतले करको दर लागू नहुँदै सुनियोजित रूपमा केही संगठित व्यक्तिहरूले मूल्यवृद्धि गरेको बताए । उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगायतका विषयहरूलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए ।
भेटका क्रममा प्रतिनिधिहरूले आन्तरिक उत्पादनको संरक्षणका लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया