राजनीति

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदबहाली

इकागज |
असार १, २०८० शुक्रबार २०:११ बजे

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदबहाली गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि कार्कीले आजै सर्वाेच्च अदालत पुगेर पदबहाली गरेका हुन् ।

पदबाहालीपछि कुरा गर्दै उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उनकाे भनाइ छ । 


'प्रतिवेदनको जगमा बसेर कार्ययोजना बनाएको छु, प्रतिवेदन सर्वोच्चलगायत सबै अदालत र सरोकारवाला सबैको समर्थनमा तयार भएको हो,' उनले भने, 'सबैको सहयोग र सहकार्यबाटै यसलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ ।' 

उनले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुभन्दा पनि न्यायपालिकालाई कसरी अगाडि बढाउने भन्ने विषय मुख्य रहेको बताए । उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए ।

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको  जानकारी दिए ।


Author

थप समाचार
x