भ्रष्टाचारका स्वरूप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भयाे : प्रमुख आयुक्त राई
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरूप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भएको बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरुपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाइ भएको बताएका हुन् ।
उनले सुशासन कायम गर्न सके भ्रष्टाचार नै नहुने भन्दै सरकारले नै सुशासन कायम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको तर्क गरे । आयोगको एक्लो प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
राईले उपभोक्ता समितिमार्फत काम गराउने सकारात्मक सोच भएपछि उपभोक्ता समिति नै बिचौलीयाका रूपमा देखिएको तर्क गरे । सरकारी निकायमा आवश्यक नै नपर्ने सामानहरू खरिद गर्ने र त्यसमार्फत फाइदा हुने प्रवृत्ति बढ्दो रहेको उनले बताए । उनले बिनापूर्वाग्रह संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग केन्द्रित रहेको जिकिर गरे ।
बैठकमा आयोगले गरेका कामकारबाही र भावी योजनाका बारेमा जानकारी गराइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया