पब्जी गेम तुरुन्त बन्द गरियोस् : चौधरी
काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले सरकारसँग ‘पब्जी गेम’ बन्द गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरू बिग्रँदै गएकोले उक्त तत्काल बन्द गर्न माग गरेका हुन् ।
‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बच्चाहरू ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्’, चौधरीले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया