राजनीति

सांसद श्रेष्ठको प्रश्‍न : माडीमा बन्दै गरेको पुल जीवनभर नसकिने हो ?

इकागज |
असार ६, २०८० बुधबार १२:४२ बजे

काठमाडौं – नेपाली काँग्रेसकी सांसद अन्जनी श्रेष्ठले चितवनको माडीमा राष्ट्रिय निकुञ्ज पर्ने र बढ्दो वन्यजन्तु आक्रमण र बन्दै गरेको पुलबारे सभामुखलाई ध्यानाकर्षण गराएकी छिन् । 

उनले बुधबारको दोस्रो चरणको प्रतिनिधिसभामा बोल्दै चितवन जिल्लाको माडी नगरपालिका जाने बाटोमा राष्ट्रिय निकुञ्ज पर्ने र त्यसले मानवजीवनमा परिरहेका आपत्तिको स्मरण गराएकी हुन् ।


उनले भनिन् ,‘उक्त निकुञ्जमा वन्यजन्तुले सधैँ आक्रमण गरेर त्यहाँका बासिन्दालाई आतङ्कित गरेको छ । माडी जाने बाटोका स्थिति दर्दनाक भएको हुँदा  जनता निकै त्रसित भएका छन् ।’

‘छिटो पुल बनोस् भनेर सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्छु,’ उनले भनिन्' माडीमा बन्दै गरेको पुल जीवनभर नसकिने हो ?


Author

थप समाचार
x