राजनीति

सांसद अनितादेवीको प्रश्न : लाठी र बन्दुकको दम देखाएर के संकेत गर्न खोजिएको ?

इकागज |
असार ६, २०८० बुधबार १३:५ बजे

काठमाडौं – जनमत पार्टीकी सांसद अनितादेवीले जन्मसिद्ध नागरिकताका लागि गरिएको शान्तिपूर्ण आन्दोलनलाई लक्षित गर्दै सदनमा विषय उठाएकी छिन् । 

बुधबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले  जन्मसिद्धको सन्तानले आफ्नो पहिचानका लागि शान्तिपूर्ण धर्ना दिएका बेला डीएसपी भुवन भट्टराईको आदेशमा सयौं को संख्यामा पुलिस प्रशासनले घेराबन्दी गरेर आन्दोलनकारी लाई कुटपिट गरेको गुनासो गरिन् ।


उनले भनिन्,‘ आन्दोलनलाई भताभुङ्ग गरियो तर गणतन्त्रमा आफ्नो आवाज उठाउन खोज्दा प्रशासनले लाठी र बन्दुकको दममा नागरिकता जस्ता संवेदनशील विषयमा धर्नामा बसेका अनागरिकलाई के सङ्केत दिन खोजेका हो ?’

सभामुख मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘दमन शोषण बन्द गर्नुपर्छ र न्यायपालिकालाई एकजुट भएर अनागरिकलाई नागरिकता दिलाउन आग्रह गर्दै मौलिक हकको सुनिश्चतता गरौँ ।’


Author

थप समाचार
x