कृषिप्रधान देशमा किसानलाई मारमा पार्न पाईंदैन: अनिशा नेपाली
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)की सांसद अनिशा नेपालीले किसानका विभिन्न आन्दोलनलाई लक्षित गर्दै कृषिप्रधान देशमा किसानलाई मारमा पार्न पाईंदैन भनेकी छिन् ।
बुधबारको प्रतिनिधिसभामा बोल्दै उनले त्यसो भनेकी हुन् । दुग्ध उद्योगको स्थापना, सुधार र प्रवर्द्धन गर्न र दुग्धपदार्थको गुणस्तर कायम गर्न अत्यन्तै जरूरी रहेको र मुलुकभरमा रहेको सरकारी सहकारी निजी क्षेत्रका दुग्ध व्यवसायको प्रवद्धन गरी दुग्धपदार्थ व्यवस्थित गर्न र गुणस्तरीय र दीगो विकासका लागि धेरै आवश्यक रहेको उनले बताइन् ।
उनका अनुसार ३०लाख घरपरिवार, ६०० दुग्ध उद्योग, १८०० दुग्ध सहकारी संस्थाहरू दुध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।
उनले भनिन्, ‘धूलो दुध र बटरमा आत्मनिर्भर भइसकेको छ र वार्षिक तीन अर्बको छुर्पी र २० करोडको घ्यू पनि निर्यात भइरहेको छ त्यसैले राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको हितको कार्य गरोस् ।’
सभामुखको ध्यानाकर्षण गर्दै उनले भनिन, ‘किसानहरूलाई आन्दोलन गर्न, आत्महत्या गर्न बाध्य नबनाइयोस् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया