राजनीति

मस्यौदा विधान अनुमोदन गर्न जसपाको केन्द्रीय समिति बैठक बस्दै

इकागज |
असार ९, २०८० शनिबार ७:५९ बजे

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रीय समितिको बैठक बस्दैँछ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय समितिवाट मस्यौदा पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । 


भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरु सहभागी हुदैँछ । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।


Author

थप समाचार
x