राजनीति

उपराष्ट्रपति आवश्यक छैन : सांसद मनिष झा

इकागज |
असार १०, २०८० आइतबार १२:३० बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशमा उपराष्ट्रपति आवश्यक नरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपराष्ट्रपतिको पदले देशको खर्च मात्र बढाएको बताए । 

‘हाम्रो पार्टीले निर्वाचनताका वाचापत्रमा लेखेको थियो, हामी यो व्यवस्था चाहन्छौँ भनेर । अहिलेको संवैधानिक व्यवस्था हामीले नकार्न खोजेको होइन । हामी यसलाई सम्मान गर्छौँ र त्यो अभ्यास गर्छौँ,’ उनले भने, ‘तर, हामीले आफ्नो सुझाव त राख्न पाउँछौँ नि । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ ।’
उपराष्ट्रपतिको काम राष्ट्रिय सभाका अध्यक्षले गर्नसक्ने उनको भनाइ छ । 


आइतबार प्रतिनिधिसभामा मन्त्रीहरूले बजेटमाथि उठाएका प्रश्नको उत्तर दिँदै छन् । 


Author

थप समाचार
x