राजनीति

जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने

इकागज |
असार ११, २०८० सोमबार ७:५८ बजे

काठमाडौं‍। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ ।  सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समुहमा विभाजन गरेर छलफल हुँदैछ । 

हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो । 


बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरु सहभागी  भएर समूहगत छलफल गर्न लागेका हुन ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालकाे विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० वर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर प्रस्तुत गरिएको छ । 


Author

थप समाचार
x