समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रूपान्तरणको अभिभारा पूरा भइ नसकेको बताएकी छन् । बिहीबार काठमाडौँमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले समाज रूपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको जिकिर गरिन् । उनले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइ नसकेको बताइन् ।
उनले राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भए पनि नेपाली क्रान्ति सम्पन्न भइ नसकेको भनाइ राखिन् । उनले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी रहेको पनि उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरूले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया