राजनीति

मल वितरणमा बदमासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

इकागज |
असार १५, २०८० शुक्रबार १४:४१ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोपेका हुन् ।

उनले रोपाइँ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपे । उनले रोपाइँमा सहभागी हुनु भन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए । उनले जमिन बाँझो हुनुमा मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृत्तिको विकास, युवाहरू विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्याउन नसक्नु प्रमुख कारण भएको बताए ।


नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतिपाती गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने उनले दाबी गरे । मन्त्री भुसालले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भए पनि बजेट विनियोजन गरेको उल्लेख गरे ।

उनले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटाे खिचेर प्रचार गरियो बताए । उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताए । उनले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बदमासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिए । 


Author

थप समाचार
x