राजनीति

प्रतिनिधिसभा बैठक: आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुँदै

इकागज |
असार १७, २०८० आइतबार ७:५५ बजे

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । ​संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक ११ बजे बिहान बोलाईएको छ । 

आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथी छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।


संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८०  पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सो राष्ट ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 


Author

थप समाचार
x