निर्वाचन आयोगको निर्णय : समानुपातिकतर्फ विदेशबाटै मतदानको व्यवस्था
काठमाडौँ– राष्ट्रिय निर्वाचन आयोगले विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको मस्यौदामा उक्त प्रावधान राखिएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
त्यसका लागि आयोगले विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मस्यौदामा प्रस्ताव गरेको छ ।
त्यस्तै, निर्वाचन आयोगले आफूलाई कुनै पनि उम्मेदवार मन नपरेको अवस्थामा ‘नोट भोट’को अधिकारको व्यवस्थाका लागि पनि प्रस्ताव गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया