राजनीति

बालेन शाहको प्रश्न : के म आजदेखि अपराधी भए ?

इकागज |
असार २४, २०८० आइतबार २०:५५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । 


‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा।  म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।


Author

थप समाचार
x