जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको छ : मन्त्री शर्मा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छिन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । सो सम्बन्धमा अहिले अलि पोजिटिभ छलफल भए पनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले भनिन्, ‘अहिले अलि पोजिटिभ छलफल भइरहेको छ । यसको निष्कर्षमा पुगिसकेको छैन । निष्कर्षमा नपुग्दाखेरी यस विषयमा भन्न सकिएन ।’
त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको पनि स्मरण गराइन् ।
मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकिर समेत गरिन् । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया