प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनले समाजवादी मोर्चाको बैठक स्थगित
काठमाडौँ– चार दलीय समाजवादी मोर्चाको बुधबार बस्ने भनिएको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्दले नेतृत्वको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः ०० बजे बस्ने गरि बोलाइएको थियो ।
सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो । लामो समयदेखि बिरामी रहेकी उनको अवस्था बिग्रिएपछि बिहान नर्भिक अस्पताल लगिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया