राजनीति

मन्त्रिपरिषदको निर्णय : सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

इकागज |
असार २७, २०८० बुधबार १४:९ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले सीता दाहाललाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । 

‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाले सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ,’ नेपाल सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । 


बैठकले प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र शुभेच्छुकप्रति सरकारका तर्फबाट समवेदना पनि व्यक्त गरेको छ ।

सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौँमा निधन भएको थियो । लामो समयदेखि बिरामी रहेकी उनको अवस्था बिग्रिएपछि नर्भिक अस्पताल लगिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको हो । 


Author

थप समाचार
x