राजनीति

बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ : सांसद भट्टराई

इकागज |
असार २८, २०८० बिहीबार १८:४७ बजे

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सांसद भट्टराईले सरकार बजेट छैन भन्ने तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने जिकिर गरिन् । उनले बजेट खर्च गर्न नसके कारबाही भोग्न सम्बन्धित पक्षहरू तयार हुनुपर्ने बताइन् । उनले एशियन गेमको बारेमा युवा तथा खेलकुद मन्त्रालयसँग खाका समितिमा जानकारी गराउन आग्रह गरिन् ।


युवाहरूले स्वामित्व लिनसक्ने गरी कार्यकारी अधिकारसहितको युवा परिषदको निर्माण गर्ने कुरालाई मन्त्रालयले नेतृत्व गर्नुपर्ने भट्टराईकाे भनाइ छ ।


Author

थप समाचार
x