राजनीति

सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको छ : गृहमन्त्री

इकागज |
असार २८, २०८० बिहीबार १९:४९ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको बताएका छन् ।​

राष्ट्रिय सभाकाे बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र यसमा जनताको साथ प्राप्त भएको बताए । उनले सुशासनका लागि सरकारले गरेका कामबाट कुनै हालतमा विश्राम नलिने स्पष्ट पारे ।


धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन्, दोषी अपराधी नछुट्न भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको धारणा राखे । साधन स्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको उनको भनाइ छ ।

श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको पनि बताए । 


Author

थप समाचार
x