सबै प्रकारका विभेदहरूलाई अन्त्य गर्न एकजुट हुनुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सबै प्रकारका विभेदहरूलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले बिहीबार काठमाडौँ आयोजना गरेको आदिवासी जनजाति महिला अधिकार नीति स्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्टि उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरूलाई सहज गराउँदै समाजमा विद्यमान सबै प्रकारका विभेदहरूलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका हुन् ।
मानव अधिकारका विश्वव्यापी मूल्यमान्यताले समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएकाले सम्मेलनमार्फत यसलाई थप स्थापित गर्न उनले सुझाव दिए । उनले विभेद अन्त्यका लागि नीति निर्माताबीच सहकार्य गर्न र संविधानमा रहेका अधिकार स्थापित गर्न पनि जुट्नुपर्ने बताए ।
त्यस्तै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आदिवासी जनजातिको संस्कृति भाषा र रहनसहनलाई जीवित राख्नुपर्ने बताइन् । उनले आदिवासी जनजातिको अधिकारका लागि जोडदार आवाज उठाउनुपर्ने जिकिर गरिन् ।
कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङले राज्यको हरेक निकायमा महिलाको समान अधिकार स्थापित गर्ने भने पनि पूर्ण हुन नसकेको गुनासो गरिन् । उनले पार्टीको सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने र टिकट वितरणमा पनि महिलाहरूलाई समाज सहभागिता गराउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका निर्वाचित आदिवासी जनजाति महिला प्रतिनिधि २०७९ पुस्तक विमोचन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया