राजनीति

सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित

इकागज |
असार २९, २०८० शुक्रबार २०:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् । संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जानेछ ।



Author

थप समाचार
x