देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छः मन्त्री गुरुङ
फाइल फोटो
काठमाडौँ - शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशको चित्र बोलेर नभइ सबैले यहाँ छु भन्ने हिसाबले देखिनु आजको आवश्यकता भएको बताइन् । उनले काँग्रेसमा सबै जातजातिको
प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताइन् । उनले काँग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाएको बताइन् ।
उनले भनिन्, ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो । त्यही अनुसार नेपाली काँग्रेसको हिजो बिपी कोईरालाले विधानमा लेख्नुभएन, तर व्यवहारमा सबै जातजातिको
प्रतिनिधित्वलाई सुनिश्चित गर्नुभयो, जहाँ नैतिक हिसावले महिला पनि समावेश गर्नुपर्छ भनेर महिलाको पनि उपस्थिति सँगै लिएर जानुभएको थियो । आज त्यही अभियानलाई सार्थकता दिँदै, नेपाली काँग्रेसका सभापति पूर्वप्रधानमन्त्री
शेरबहादुर देउवाजीले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाउनुभएको छ ।’
मन्त्री गुरुङले अन्य दलहरुले ठूलो भाषण गरेर आश्वासन बाँडेपनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्तिता गर्न नसकेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया