राजनीति

कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राखौँ : ज्ञानेन्द्र शाही

इकागज |
असार ३१, २०८० आइतबार १६:६ बजे

काठमाडौँ– प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राख्न माग गरे ।

मन्त्रालयबाट जाने बजेट कार्यकर्ताहरूले दुरुपयोग गरिरहेको बताउँदै उनले भने, ‘कृषि मन्त्रालय छ, कृषि मन्त्री हुनुहुन्छ । अब म कृषि मन्त्री र मन्त्रालयको नाम परिवर्तन गरौँ भन्छु । यो कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔँ । किनभने अब अर्बौँ रुपैयाँ कृषि मन्त्रालयमा गएको छ, तर वास्तविक किसानले होइन, पार्टीका लोकल कार्यकर्ताहरूले बजेट पाएर राज्यको चरम दुरुपयोग गरिरहेका छन् ।’



Author

थप समाचार
x