राजनीति

सांसद श्रेष्ठले भने– कृपया संसदमा यो नौटंकी बन्द गरियोस्

इकागज |
असार ३१, २०८० आइतबार १६:२६ बजे

काठमाडौँ– सत्तासीन दल नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा एकरुपता नभएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रियसभामा निष्कृय भएको मिटरब्याजसम्बन्धी विधेयकप्रति उनले इंगित गरे । संसदमा मेधश र मधेशी जनताको अनुहारमा खुसीयाली आउने विधेयक प्रस्तुत हुँदा केही पार्टीहरूले सदन अवरुद्ध गर्ने गरेको उनको भनाइ छ । ‘जब जब मधेशमा बसोबास गर्ने जनताहरूको अनुहारमा खुसीयाली आउने विधेयकहरू संसदमा प्रस्तुत हुन्छन्, तब तब केही पार्टीहरु पाँच बित्ता उफ्रीउफ्री सदन अवरुद्ध गर्छन्,’ उनले भने । 


उनले अगाडि भने, ‘तर केही दिनपछि त्यही पार्टीका आदरणीयहरूले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भन्नुहुन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । ’


Author

थप समाचार
x