रास्वपा सांसद असिम शाहलाई हल मालिक ढुंगानाको मुखभरीको जवाफ
काठमाडौँ- काठमाडौँका व्यवसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र हलवालाबीच जुहारी परेको छ ।
काठमाडौँ महानगरपालिकाले व्यवसायिक भवनमा पार्किङ निशुल्क गराउने निर्णयमा समर्थन जनाएका स्वतन्त्रका सांसद शाहमाथि हलवाला भाष्कर ढुंगना खनिएका हुन् ।
महानगरपालिकाको निर्णयप्रति सांसद तथा चलचित्र निर्देशकसमेत रहेका शाहले समर्थन जनाएका थिए ।
‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दाबढि पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कँदा कतिपय अवस्थामा झण्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो, सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागत योग्य छ । भएको कानुनलाई इमानदार रुपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’
सांसदको शाहको समर्थनप्रति जवाफ दिँदै क्यूएफएक्स चेनका सञ्चालक भाष्कर ढुंगानाले प्रतिवाद गरेका छन् । ‘निजि पैसाले भवन बनाउँदा चाहिँ मलमा सपिङ गर्ने उच्च वर्गलाई पार्किंङ फ्रि गर्न पर्ने रे, जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरूलाई चाहिँ सरकारले पार्किंङ तोक्ने रे,’ उनले लेखेका छन्, ‘त्यो मात्रै भएन एउटा रास्वपा सांसदले समग्र समस्यालाई नहेरी आफ्नो व्यापारलाई फाइदा हुने हुनाले (भ्रम) यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्टाटस लेख्छ। अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गालि । ल, माने बा ।’
फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाए पछि ढुंगानाको समूह मेयर काठमाडौँ बालेन शाहविरुद्ध यसअघि अदालतसमेत गएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया