राजनीति

अनलाइनबाट सदस्यता लिने व्यवस्थाले मधेशमा कांग्रेसलाई आघात पुग्छ : कृष्णप्रसाद यादव

इकागज |
साउन ३, २०८० बुधबार १३:११ बजे

काठमाडौँ– नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले अनलाइन प्रणालीबाट सदस्यता लिने व्यवस्थाले मधेशमा कांग्रेसलाई ठूलाे नोक्सान हुने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिमा आफ्नो धारणा राख्ने क्रममा मधेशमा धेरै नेता तथा कार्यकर्ताको साक्षरता कम भएकाले यसले कांग्रेसलाई घाटा गर्ने बताए ।


‘अनलाइन सिस्टम एकदम राम्रो छ, सह्रानीय छ । हामीलाई डिजिटल कांग्रेसको आवश्यकता पनि छ । तर, मलाई अलि डर लागेको छ,’ उनले भने, ‘अनलाइनबाट गयो भने सबै पार्टीको कांग्रेसलाई सिध्याउने खेल छ । मेरो जिल्लामा शिक्षक संख्या जम्मा ३५ मात्र छ । यसले कांग्रेसलाई आघात पुग्छ ।’ 

उनले मिल्छ भने यो अनलाइनबाट सदस्यता लिने प्रणालीमा पुनिर्विचार गर्न नेतृत्वसँग आग्रह गरे । मधेशमा संगठन साह्रै कमजोर रहेको पनि उनको भनाइ छ । 

त्यस्तै, मधेशमा युवापंक्तिले नेतृत्वका लागि मौका नपाएको उनले जिकिर गरे । 


Author

थप समाचार
x