राजनीति

प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु

इकागज |
साउन ३, २०८० बुधबार १३:१७ बजे

काठमाडौं– सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ । 

बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजूुत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाईल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदुत सुधीर भट्टाराईको सुनुवाई गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।


सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरुका प्रतिनिधिहरुको सुनुवाईका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनले समितिको निर्णय अनुसार आजको मितिबाटनै लागू हुने गरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यमबाट सूचना प्रकाशित गर्ने समेत बताए । 

मन्त्रिपरिषदले सिफारिस गरेका राजदूतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 


Author

थप समाचार
x