महामन्त्रीको प्रस्तावले सबैभन्दा कान्छो पुस्तालाई सन्तुष्ट पार्ने कार्यक्रम ल्याओस् : पोखरेल
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबारे फैल्याइएको भ्रमले पार्टीलाई निर्वाचनमा क्षति पुगेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पोखरेलले पार्टीबारे आम नागरिकमा फैल्याइएको भ्रम चर्न सबैले लाग्नुपर्ने बताए ।
‘उपनिर्वाचनमा पार्टी सभापतिसहित प्रधानमन्त्री जाँदा पनि तनहुँका जनताले अर्कैलाई भोट हालेर पठाए । मंसिर ४ को निर्वाचनमा हाम्रै क्षेत्र डा. शशांक कोइरालाको प्रतिस्पर्धा देख्दै नदेखेको पार्टीसँग भयो,’ उनले भने ।
उनले २०६२–६३ पछिको सबैभन्दा कान्छो पुस्तालाई सन्तुष्ट पार्ने नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ‘२०६२–२०६३ पछिको सबैभन्दा कान्छो पुस्ता, जसले विपीलाई पनि चिनेको छैन, त्यो पुस्तालाई छुने कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘महामन्त्रीले ल्याएको प्रस्तावले त्यो पुस्तालाई पनि छुने कार्यक्रम ल्याओस् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया