राजनीति

पार्टीभन्दा आफूलाई मजबुत बनाउने प्रवृत्ति कांग्रेसमा हावी हुँदै गइरहेको छ : बलायर

इकागज |
साउन ३, २०८० बुधबार १४:४७ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेसमा पार्टीलाई नभइ आफूलाई प्रथम राख्ने प्रवृत्ति हावी हुँदै गएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै बलायरले कांग्रेसलाई भन्दा आफूलाई अगाडि बढाउने प्रवृत्ति बढ्दै गएको बताए । 

पार्टीमा दिन प्रतिदिन अनुशासनहिनता बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘कांग्रेसभित्रको अहिले सबैभन्दा जल्दोबल्दो विषय अनुशासन हो । केन्द्रीय कार्यसमितिमा भएका मान्छेलाई अनुशासन लाग्छ कि लाग्दैन ?,’ उनले अगाडि भने, ‘एउटा केन्द्रीय सदस्य, एउटा पदाधिकारी अथवा एउटा जिम्मेवारीमा रहेको व्यक्तिले अर्को जिम्मेवारीमा रहेको व्यक्तिमाथि अभिव्यक्ति बनाउँदा त्यसले राम्रो गरेको छ ?’


उनले अगाडि भने, ‘यहाँ तथानाम छ, जथाभावी छ । यो अनुशासनहिनताले कांग्रेसलाई अगाडि बढाउँदैन । मनमा जे लाग्यो त्यही बोल्ने प्रवृत्ति ठीक छैन । कांग्रेसभित्र पार्टीलाई भन्दा आफूलाई मजबुत बनाउने प्रवृत्ति दिन प्रतिदिन हावी हुँदै गइरहेको छ ।’


Author

थप समाचार
x