‘पावर भएका नेताको क्षेत्रमा बढी बजेट गएपछि अरु क्षेत्रमा कसरी संगठन विस्तार गर्ने ?’
काठमाडौँ– नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले शक्तिमा भएका नेताको क्षेत्रमा बढी बजेट जाने प्रवृत्तिको विरोध गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै मगरले सबै क्षेत्रलाई समान दृष्टिले हेर्नुपर्ने बताए ।
‘सबै निर्वाचन क्षेत्रलाई समान दृष्टिले हेनुपर्ने हो,’ उनले भने, ‘तर, पावर भएका नेताको क्षेत्रमा बढी बजेट जाने, त्यस क्षेत्रका मान्छेले नियुक्ति पनि पाउने भएपछि अरु क्षेत्रमा कसरी संगठन विस्तार गर्ने हो ?’
पार्टी कमजोर बनाउन पार्टी नै लागेजस्तो अनुभूति भएको उनले बताए । प्रदेशलाई भूमिका नदिइएकोप्रति उनले प्रश्न उठाए । प्रदेशलाई भूमिका दिइए मात्रै पार्टी बलियो बन्दै जाने बताउँदै उनले भने, ‘नेतालाई मन पर्याे भन्दैमा पद दिइहाल्ने ? जिल्ला र प्रदेशसँग समन्वय गर्नु पनि नपर्ने ?’
पार्टीबाट प्रदेशले लेबी समयमै नपाउँदा कार्यालय व्यवस्थापनलगायत काममा बाधा पुगेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया