राजनीति

सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन : सीतादेवी देवकोटा

इकागज |
साउन ३, २०८० बुधबार १६:२३ बजे

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सभापति शेरबहादुर देउवालाई गाली गर्ने छुट कसैलाई नभएको टिप्पणी गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने बताइन् ।


‘सभापति व्यक्ति होइन संस्था हो । सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ । अन्यथा नलिनुहोला महामन्त्रीज्यू, शेरबहादुर देउवाबाट पार्टी चल्दैन भन्दै गर्दा हामीले के बिर्सिनु हुँदैन भने हामीले सिकेको पनि उहाँबाटै हो ।’

उनले सरकार परिवर्तन हुनसक्ने प्रति पनि चिन्ता व्यक्त गरिन् । यस्तो अभिव्यक्ति प्रत्यक्ष प्रशारण भइरहेको बैठकमा बोल्न हुन्थ्यो कि हुन्नथ्यो भन्दै भनिन्, ‘सरकार फेरिने हल्ला पनि बजारमा छ कांग्रेस कि माओवादी सिध्याउने खेल छ । भ्रष्टाचारीलाई कारबाही गरेका कारणले माओवादीले कांग्रेसलाई छोड्न सक्ने चर्चा छ ।’


Author

थप समाचार
x