सत्ययुगमा रक्षामन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री सबै महिला अनि कलियुगमा शून्य : नागिना यादव
काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य नागिना यादवले सत्य युगमा रक्षा मन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री सबै महिला भएको तर कलियुगमा केही नभएको गुनासो गरेकी छिन् ।
बुधबारको नेपाली काँग्रेसको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै यादवले हिन्दु देवीहरू दुर्गा, सरस्वती र लक्ष्मीको उदाहरण दिँदै यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘ सत्य युगमा स्वीकार्य भएको महिलाको नेतृत्व अहिले स्वीकार्य छैन । आजसम्म उहाँहरू पूजनीय हुनुहुन्छ । कलियुगमा महिलाको नेतृत्व नै स्वीकार्य भएन ।’
बैठकमा बोल्दै उनले महिलालाई नेतृत्व दिने काम नभएको चर्को आलोचना गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया