भ्रष्टाचार प्रकरणमा दोषी कसैलाई पनि उन्मुक्ति दिन्न : गृहमन्त्री
फाइल फोटो
काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगाएत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।
उनले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै श्रेष्ठले राष्ट्र र जनताबिरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए ।
उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफु लागेको पनि धारणा राखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया