राजनीति

अर्थमन्त्री स्वदेश फर्किए

इकागज |
साउन ३, २०८० बुधबार १९:३७ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलव्धिमुलक रहेको बताएका छन् । 

भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यबृद्धिबाट जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगाएतका तमाम बिषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन् । 


उनले जी–२० मुलुकले पनि संसारभरी नै आर्थिक बृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगाएतका बिषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए । उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसंग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण बिषयमा छलफल भएको बताए । 

अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरुलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए । 

नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए । 


Author

थप समाचार
x