राजनीति

कांग्रेस बैठकमा झापाको पार्टी विवाद छताछुल्ल, बुढाथोकीलाई कारबाहीको माग

इकागज |
साउन ४, २०८० बिहीबार १२:५८ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले गत निर्वाचनमा बुढाथोकीले झापामा कांग्रेस उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् । 

‘झापा २ मा कांग्रेसको उम्मेदवार हराउने उहाँ नै हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ उनले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो र सकिएपछि मात्रै फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने ? यस्ता नेतालाई कारबाही हुनुपर्दछ ।’


कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकमा झापाको विवाद छताछुल्ल भएको छ । बुधबारको बैठकमा बोल्ने क्रममा जिल्ला सभापति थेबेले आफू खुसी र विधानविपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाएका थिए ।


Author

थप समाचार
x