राजनीति

कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट दिँदैन : गृहमन्त्री श्रेष्ठ

इकागज |
साउन ४, २०८० बिहीबार १५:० बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका हुन् ।


गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे ।

उनले सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेकाले सुशासनबाट नै समृद्धिको लक्ष्य पूरा गर्न सकिने धारणा राखे । 


Author

थप समाचार
x